एलआइसी नेपालको १२% बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को १२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि मंगलबार यसको सेयर कारोबार प्रतिकित्ता १ हजार ४३२ रुपैयाँ १४ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २ हजार १०३ रुपैयाँ ५७ पैसा छ ।
एलआइसी नेपालले लगानीकर्तालाई आर्थिक वर्ष २०७३।७४ को नाफाबाट १२% बोनस सेयर दिने विशेष प्रस्तावसहित चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ०.६६% नगद लाभांश दिने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गरेको हो ।
साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ छ । १२% बोनस सयेर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले बुढानीलकण्ठ काठमाण्डौको होटल लेमन ट्रि प्रिमियरमा प्रमुख कार्यकारी …

प्रतिकृया दिनुहॊस