महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थीहरुलाई छात्रवृत्ति  प्रदान

काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत विभिन्न कार्यहरु गर्दै आएको छ । बैंकको बेलौरी तथा धार्के शाखाले गत सातामा सामाजिक हितका सहयोगात्मक कार्यहरुमा अग्रसर भूमिका निर्वाह गरेका छन् ।

बैंकको बैलौरी शाखाले बेलौरी नगरपालिका वार्ड नं ५, रामनगर कञ्चनपुर स्थित श्री जन नमुना माध्यमिक विद्यालयका जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका १० जना विद्यार्थीहरु छनोट गरी कुल रकम रु.२५०००÷(अक्षरेपी रु.पच्चिस हजार मात्र) छात्रवृत्ति  स्वरुप प्रदान गरेको छ ।

यसैगरी बैंकको धार्के शाखाले धादिङ्ग जिल्लाको तसर्पु गाउँमा बसोबास गर्ने विपन्न वर्गीय जेष्ठ नागरिकहरु तथा स्थानीय विद्यालयका विद्यार्थीहरुका लागि स्वस्थकर खाना खुवाउने उद्देश्यले प्रेम सागर फाउन्डेसनद्वारा सञ्चालन गरिएको  Food for People अभियानका लागि कुल रकम रु.२५,०००÷(अक्षरेपी रु.पच्चिस हजार मात्र) आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकको उक्त सहयोगबाट करिब ४५० विद्यार्थी तथा जेष्ठ नागरिकहरु लाभान्वित भएका छन । बैंकले आगामी दिनहरुमा अनवरत रुपमा अझ प्रभावकारी सामाजिक हितका कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

४१ मेगावाटको सुपर बागमतीमा ३ बैंकको साढे ६ अर्ब बढी लगानी

काठमाडौं । सुपर बागमती हाइड्रोपावर लि. निर्माण अघि बढ्ने भएको छ । ३ बैंकबाट लगानी …

प्रतिकृया दिनुहॊस