अमेरिकामा समुन्द्री तुफानः बालबालिकासहित १४ को मृत्यु

काठमाडाैँ । अमेरिकाको अलाबामास्थिती लि काउन्टीमा समुन्द्री तुफानले बालबालिकासहित १४ जनाको ज्यान लिएको छ । प्रहरी अधिकारी जे जोन्सले स्थानीय मिडियालाई दिएको जानकारी अनुसार केहीलाई घटनास्थलबाट बाहिर निकालिँदै छ भने कतिलाई अस्पताल पुर्याइएको छ ।

‘निकै बाक्लो बस्तीमा तुफान आएको हुँदा भग्नावशेष अत्यधिक हुँदा समस्या थप चुलिएको छ,’ उनले सीएनएनलाई बताए । एलाबामा गभर्नर के आइभेले मौसममा थप गडबडी हुने भएकाले सचेत रहन स्थानीयलाई ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।

‘आज लि काउन्टीमा आएको समुन्द्री तुफानमा ज्यान गुमाउनेप्रति हाम्रो समवेदना छ,’ उनले लेखेकी छिन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री