नेपाल लाइफले ४८.५% लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले ४८.५% लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले २५% बोनस सेयर र २३.५% नगद गरी कुल ४८.५% लाभांश दिने निणर्य गरेको हो । प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।
हाल नेपाल लाइफको चुक्त पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले २८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २८ पैसा छ ।

नेपाल लाइफले विगतमा दिएको लाभांश :

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति लाइफले सार्वजनिक गर्‍यो नयाँ बोनस दर, कुनमा कति दिन्छ ? (सूचनासहित)

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष …

प्रतिकृया दिनुहॊस