मेरो माइक्रोफाइनान्सको हकप्रद निष्कासन आइतवारदेखि

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको हकप्रद आइतवार (फागुन १९) देखि विक्रीमा आउँदैछ । कम्पनीले १ बराबर १ (१ः१) अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीले शेयरधनीका लागि प्रति शेयर एक सय अंकित दरको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो शेयरमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका माघ २४ गते बन्द गरेको छ । माघ २३ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र सि-आस्बाको सदस्ययता लिएका बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण शाखामा आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३२ करोड ८९ लाख रहेको छ । हकप्रद शेयर निष्कासन पछि पूँजी रू. ६५ करोड ७८ लाख पुग्नेछ । इक्रा नेपालले कम्पनीको हकप्रद शेयरलाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको हकप्रद शेयरको अवस्था आधारभूत पक्षभन्दा कमजोर रहेको देखाउँछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप