काठमाडौं । ललितपुरमा भएको सामूहिक बलात्कार मुद्दामा डीएनए नमिलेकै आधारमा बलात्कार होइन भन्न नमिल्ने फैसला अदालतले गरेको छ। ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि २ मंसिर २०७४ मा भएको सामूहिक बलात्कार घटनाको मुद्दामा डीएनए नमिलेकै कारण पीडकलाई छुट दिन नमिल्ने फैसला जिल्ला अदालत ललितपुरले गरेको छ भन्ने खबर राजधानी दैनिकमा छ।
जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले आरोपितहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई बलात्कारका साथै ज्यान मार्ने उद्योग र चोरीको घटनामा समेत दोषी ठहर र ‘जबर्जस्ती करणी’ भनिने बलात्कारको घटनामा पाँच वर्षका दरले कैद फैसला भएकामा सामूहिक बलात्कारमा थप पाँच वर्ष सजाय थपी १०–१० वर्षको कैद किटान गरेको छ।
उनीहरूमाथि १-१ लाख रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ। युवतीको ३ हजारसमेत चोरी भएकाले त्यसमा पनि उनीहरूलाई दोषी ठहर गरिएको छ। ३ हजार रुपैयाँ दामासाहीका हिसाबले पीडितलाई बुझाउन फैसलामा भनिएको छ।
प्रतिकृया दिनुहॊस