काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयर फागुन १९ गते आइतबारबाट खुल्ने भएको छ । जसका लागि कम्पनीले बुक क्लोज माघ २४ गते एक दिनलाई बन्द गरिएको थियो ।
हाल कायम चुक्ता पुँजी ३२ करोड ८९ लाखको १०० प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर आइतबार खुला गर्ने भएको छ । हकप्रद शेयर भर्ने अन्तिम दिन चैत्र २४ गते रहेको छ ।
हकप्रद शेयरपछि कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । जसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । यस हकप्रद शेयरलाई इक्रा ग्रेड ४ मा रेटिङ्ग गरेको छ ।
प्रतिकृया दिनुहॊस