माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण

काठमाडौं। माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले  कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे।

बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो।

साथै,बैंकले पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरी एटिएम समेत जडान गरी सञ्चालनमा ल्याईसकेको जानकारी दिएको छ ।

यस अघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९४ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ११६ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री