काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ ।
शुक्रबार पोखरामा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री अधिकारीका पारिवारिक सदस्य समेत रहेका नेकपाका नेता धनराज आचार्यले उनको चाहना अनुसार नै काजकिरिया हुने जानकारी दिए। अधिकारीको २१ गते काजकिरिया सकिने छ । उनको निधन भएको तीन दिन बितिसकेको छ।
तपाईंको प्रतिकृया




