रिलायन्सको १ लाख ८८ हजार कित्ता सेयर लिलामी खुल्यो, कति छ बजार भाउ ?

काठमाडौं । रिलायन्स फाइनान्सको संस्थापक समूहको १ लाख ८८ हजार ८७४.५२ कित्ता सेयर शुक्रबार (फागुन १७ गते) देखि लिलामी खुला भएको छ । कम्पनीले यसअघि गत साउन ४ देखि १६ गतेसम्म ३ लाख १ हजार २७४.५२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउँदा १ लाख १२ हजार ४०० कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी सेयर फेरि लिलामी ल्याइएको हो ।
 यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । चैत १ गतेसम्म लिलामी बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

दोस्रो बजारमा बुधबार यस कम्पनीको साधारण समूहको सेयर प्रतिकित्ता ११२ रुपैयाँका दरले अन्तिम कारोबार भएको थियो । लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकको वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न पाउने व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds