हेलिकप्टर दुर्घटना : टुँडिखेलमा श्रद्धाञ्जली सुरु

काठमाडौँ  । हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित अन्य मृतकप्रति सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रम सुरु भएको छ । बिहिबार नै श्रद्धाञ्जलीको कार्यक्रम तोकिएपनि शव परीक्षणको काममा ढिलाई भएपछि शुक्रबार बिहानका लागि सारिएको थियो ।

टुँडिखेलमा केहीबेर अघिदेखि श्रद्धाञ्जलीको कार्यक्रम सुरु भएको छ । ठूलो संख्यामा समर्थकहरु भेला भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री तथा नेताहरु पुगेका छन् ।

मन्त्री अधिकारीको शव काठको बाकसमा राखिएको छ ।

टुँडिखेलमा श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शव अन्तिम संस्कारका लागि उनको गृहनगर पोखरा लगिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस