काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं. नेपाल लि. को विशेष साधारण सभा बिहीवार बबरमहल स्थित कार्की ब्याङ्गक्वेटमा सम्पन्न भएको छ ।
कम्पनी संचालक समितिको ३२३ औँ बैठकले पेश गरेका विशेष प्रस्तावहरु माथि छलफल सहित पारित भएको छ ।
बिशेष साधारण सभाको निर्णय बमोजिमकम्पनीको वर्तमान चुक्तापूँजी तीस करोड चौविस लाखको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।
साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारी पूँजी र चुक्तापूँजी एक अर्ब दुई करोड एकासी लाख साठ्ठी हजार रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको कम्पनी सचिव बिदुरबहादुर भुजेलले जनाएका छन् ।
प्रतिकृया दिनुहॊस