एनएमबि बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडाैँ । एनएमबि बैंकले नेपाल धितोपत्र बोर्डबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्काशनको अनुमति पाएको छ।  बैंकले प्रति यूनिट एक हजार दरका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ। दश बर्षे ’एनएमबि ऋणपत्र २०८५’ मा बार्षिक दश प्रतिशत ब्याज उपलब्ध गराउने बैंकले जनाएको छ।

बैंकले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ। भने बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट ( प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ । ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ।

दश वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्र १० वर्षपछि परिपक्व हुनेछ ।

बैंकले ऋणपत्र निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार न्युन जोखिम जनाउने अर्थात प्रयाप्त सुरक्षा सूचक रहेको ’इक्राएनपि एलए माइनस’ प्राप्त गरेको छ। एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र निश्कासन गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस