भारतलाई जवाफ दिने पाकिस्तानी सेना प्रवक्ताको चेतावनी

काठमाडाैं । पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले बेवकूफ साथीभन्दा अक्कल नभएका दुश्मन नै राम्रा हुने र भारतले झुठको साहरा लिँदै पाकिस्तानमाथि आक्रमण गरेको प्रतिक्रिया दिएका छन् ।

भारतीय मिडियाको दाबी गलत भएको भन्दै उनले भारतीय सैनिक विमान आफ्नो सीमामा आएको र आफूहरुले त्यसको जवाफ दिएको बताएका छन् । तर, ती विमान चार मिनेटमा नै फर्किएको पनि उनले बताएका छन् । भारतले दाबी गरेजस्तो भारतीय सेनाको आक्रमणमा कसैको पनि मृत्यु नभएको पनि उनले स्पष्टिकरण दिएका छन् ।

उनले भारतलाई जवाफ दिन पाकिस्तान तयार रहेको र भारतलाई जवाफ नदिइ चुपचाप बस्न सक्ने स्थिति नरहेको पनि बताएका छन् ।

उनको भन्दा पहिले पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको संप्रुभता उल्लंघन गरेको बताएका थिए । उता, पाकिस्तानमा भएको आपत्कालीन सुरक्षा परिषद् बैठकमा पनि भारतको आक्रमणको दाबीलाई खारेज गरिएको थियो । यो बैठक पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री