नेपाल इन्भेष्टमेन्ट बैंकले रक्तदान गरेर मनायो वार्षिकोत्सव

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३३ औं वार्षिकोत्सव रत्तदान कार्याक्रमको आयोजना गरी मनाएको छ । प्रधान कार्यालयमा विहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा ११९ जनाले रक्तदान गरे ।

कार्यक्रम ग्रान्डी इन्टरनेशनल अस्पतालको सहयोगमा आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका कार्यकारी अधिकृत पृथ्वीबहादुर पाण्डेले क्रमिक मुद्यती खाता तथा बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले प्रकाशित ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता’ नामको चित्रकथा सार्बजनिक गरे ।

बैंकको केटाकेटी बचत खाता खोल्नेलाई खाता खोल्दा ५०० रुपैयाँ नगद र प्रत्येक वर्ष जन्मदिनमा केक प्रदान गरिने बताएको छ । त्यस्तै बैंकको भिसा बार्ड प्रयोगकर्ताका लागि पियोएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास ब्याक अफर पनि राखिएको छ ।

अफर ३३ दिनका लागि प्रदान गरिने बैंकको भनाइ छ।बैंकका देसभरि ७८ शाखा, ८ एक्सटेन्सन काउन्टर, ९ राजश्व संकलन एक्सटेन्सन काउन्टर छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds