यस्तो बन्यो ‘साईनो’ सिनेमाको नचाउने गीत ‘मायालुलाई जात्रैमा भेटियो’ (भिडियो)

काठमाडाैँ । नेपाली सिनेमाकी प्रथम नायिका भुवन चन्दको निर्माण डेब्यू ‘साईनो’को गीत रिलिज गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमकाबिच सिनेमाको गीत रिलिज गरिएको हो।

रिलिज गरिएको ‘मायालुलाई जात्रैमा भेटियो’  बोलको गीत बसन्त सापकोटाले संगीत दिएका हुन्। वरिष्ठ गीतकार चेतन कार्कीले लेखेको गीतमा मेलिना राई तथा प्रताप दासको स्वर रहेको छ।

[youtube https://www.youtube.com/watch?v=S4CeNLXCXWQ]

गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।  रमेश थापाको निर्देशकिय डेब्यू सिनेमा आगाम वर्ष जेठ १० गते रिलिज हुनेछ।

प्रेमकथामा आधारित सिनेमाको यस गीतमा मिरूना मगर र अभिनेता राजकुमारले नाचेका छन्।

सिनेमामा मिरूना र राजकुमारका अलावा यसमा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

कार्यकारी निर्मातामा शरण थापा रहेको सिनेमालाई अभिमन्यू ‘निरवी’ ले लेखेका हुन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मोदीबेनी’को पोस्टर सार्वजनिक, यस्तो लुक्समा देखिइन् वर्षा

काठमाडौँ । आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक गरिएको …

प्रतिकृया दिनुहॊस