लामो माथापच्चीपछि मार्जिन ट्रेडिङ कारोबारको बाटो खुल्यो, नेप्सेले ब्रोकरसँग आवेदन माग्यो

काठमाडौँ। नियमनकारी निकायको समन्वय अभावले रोकिएको मार्जिन ट्रेडिङ कारोबार सुरु हुने भएको छ। नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से)बीचको असमझदारीले रोकिएको मार्जिन कारोबार यसै सातादेखि सुरु हुने भएको छ। नेप्सेले यसै सातादेखि मार्जिन कारोबार सुरु गर्न ब्रोकर कम्पनीसँग आवेदन माग गर्ने भएको छ।

मार्जिन कारोबार सुरु गर्न योग्य ब्रोकर कम्पनीसँग आवेदन माग गर्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। उनका अनुसार मार्जिन सेवा दिन व्यवसायीले अन्यत्र कतैपनी अनुमति लिनु नपर्नेगरि आवेदन माग गर्न लागिएको हो। यसअघि नेपाल राष्ट्र बैकले आफ्नो समेत अनुमति लिनुपर्ने अडान राखेको थियो।

मार्जिन सुविधा प्रदान गर्नको लागि पहिलो चरणमा नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि,०७५ले तोके बमोजिमको ढाँचामा आवेदन माग गर्नेछ।कार्यविधिले तोकेको मापदण्ड बमोजिम आवेदन दिएका ब्रोकरलाई आवश्यक प्रक्रिया पूरा गरेर सेवा सुरु गर्न अनुमति दिने नेप्सेले जनाएको छ। नेप्सेले आवेदन माग गरे लगत्तै सेवा उपलब्ध गराउन तयार रहेको ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस