काठमाडौं । सेयर बजारमा घट्ने क्रम जारी रहेको कारण नेप्से तीन वर्षअघिको अवस्थामा पुगेको छ । सोमबारको परिसूचक ३१ साउन २०७२ भन्दा तल झरेपछि त्यस्तो अवस्था देखिएको हो ।
त्यतिखेर नेप्से १ हजार ११२ दशमलव शून्य ५ बिन्दुमा थियो । तर, साताको दोस्रो दिन नेप्से १ हजार १०२ दशमलव ५१ बिन्दुमा पुगेपछि बजार बियरिस ट्रेन्डमा गएको देखिएको छ । बजार निरन्तर ओरालो लागिरहेको छ । सरकारले अघि सारेको सुधारका कार्यक्रमले पनि काम नगरेपछि नेप्से घट्ने क्रम जारी रहेको हो । लगातार थपिएको सेयर आपूर्ति र चर्को बैंक ब्याजदर नै सेयर बजार घट्ने प्रमुख कारण बनेको छ ।
अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्से तथा सीडीएसले बजार सुधारका काम अघि बढाइरहेका छन् । सुधारका केही काम पाइपलाइनमा पनि छन् । यद्यपि,कककक केन्द्रीय बैंक र धितोपत्र बोर्डले धेरै नीतिगत सुधार गरेको देखिन्छ । तर, यी सुधारका औजारले बजारमा प्रभावकारी काम गर्न सकेको देखिएको छैन ।
प्रमुख समस्या चर्को बैंक ब्याजदर नै हो । अहिले पनि लगानीकर्ताले चर्को कर्जाको ब्याज तिर्नुपरेको छ । योसँगै बजारमा निरन्तरजसो हकप्रद तथा आईपीओ थपिइरहेकाले पनि बजार घटाउन सहयोग पु¥याएको देखिन्छ ।
सरकारले प्रवद्र्धन गर्ने हाइड्रोपावर परियोजनामा निर्माण सम्पन्न अघि नै जनताले अग्रिम रूपमा आईपीओ भर्न पाउने व्यवस्था गरिएपछि त्यसको प्रभाव पनि बजारमा परेको छ । चैतदेखि हाइड्रोपावरको थप आईपीओ खुल्न सक्ने सरकारी भनाइ रहेको छ । यसले बजारमा अझै आपूर्ति बढाउन सक्ने सम्भावना रहेको छ । तर, यसरी लगातारजसो थपिएको आपूर्ति व्यवस्थापन गर्ने प्रभावकारी संयन्त्र तय हुन सकेको छैन ।
बजार सुधार्न संस्थागत लगानीकर्ताको संख्या बढाउनुपर्छ । मार्केट मेकर ल्याउनुपर्छ । गैरआवासीय नेपालीलाई पनि प्रत्यक्ष हिसाबले लगानी गर्ने वातावरण बनेमा अहिले थपिएको अधिक आपूर्ति व्यवस्थापन हुन सक्ने विज्ञहरूले बताउने गरेका छन् ।
बजारप्रति लगानीकर्ताको धारणा सकारात्मक बन्न नसकेसम्म यसले गति लिन सक्दैन । पुराना लगानीकर्ताले सकारात्मक सन्देश प्रवाह नगरेसम्म नयाँ लगानीकर्ता थपिने सम्भावना पनि रहँदैन । नेप्से सूचक सोमबार ७ दशमलव २१ अंकले घटेको छ । बजार समग्रमा शून्य दशमल ६५ ले तल झरेको हो । १६१ कम्पनीको २३ करोड ४५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ८ लाख ७६ हजार २०८ कित्ता सेयर खरिद बिक्री भएको छ ।
कुल ११ वटा समूहको सेयर कारोबार भएकामा दुईवटा बाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १९ दशमलव शून्य ८ अंकले घटेको छ । बैंकिङ समूहको सूचक ८ दशलमव ३ अंकले ओरालो लागेको छ । कारोबार रकममा नबिल संस्थापकले अग्रता लिएको छ । यसको २ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र अपर तामाकोसी हाइड्रोपावर परेका छन् ।
नबिलले १०५ संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने भनेपछि यसको भाउ बढेको छ । यता, नबिल सर्वसाधारण समूहको भाउ भने घटेको छ । नबिल संस्थापकको भाउ ३ दशमलव १८ ले बढेको छ भने नबिल सर्वसाधारण समूहको भाउ केही घटेको देखिन्छ । राजधानिबाट




