काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौं उपत्यकासहित देशका मध्ये र पश्चिमी भेगमा पानी परिरहेको छ। अन्य भागको मौसम बद्ली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। विहान पानी परेपछि केहि घण्टापछि मध्य र पश्चिमी भेगको मौसम खुल्ने महाशाखाकी मौसमविद् विभुती पोख्रेलले जानकारी दिइन्।
दिउँसो देशको मध्य र पश्चिमि भूभाग लगायतपूर्वी पहाडी भेगहरुमा आंशिक बदलि रहनेछ भने देशको अन्य भूभागमा मौसम सामन्यतया सफा रहने महाशाखाले जनाएको छ। पश्चिमि भेगका केहि स्थान र पूर्वी तथा मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको संभावना भने रहेको मौसमविद पोख्रेलको भनाइ छ। उनका अनुसार हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको संभावना छ। यसैबिच काठमाडौं उपत्यकाको मंगलबार बिहानको न्युनतम तापक्रम ७ दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ।



