शिवम् सिमेन्टको आइपीओ खुल्यो : भाउ ३०० रुपैयाँ, कति कित्तासम्म पाइन्छ भर्न ?

काठमाडौं । शिवम् सिमेन्टको आज देखि आइपीओ खुला भएको छ । शिवमले सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्रीमा ल्याएको हो । यसमा फागुन ९ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा सबै सेयर नबिकेमा चैत ५ गतेसम्म भर्न पाइनेछ । संस्थागत लगानीकर्ताले पनि सोमबारदेखि नै यो आइपीओ भर्न सक्नेछन् ।
 सर्वसाधारणले प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्री खुला गरिएको हो ।
शिवमले यसअघि सर्वसाधारणलाई फेस भ्यालुमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति पाएको थियो । तर एनआइबीएल एस क्यापिटलले उक्त प्रिमियम भाउमा अन्डरराइट गर्न नमानेपछिभाउ घटाएर अहिले प्रतिकित्ता ३०० रुपैयाँमा आइपीओ जारी गरिएको हो ।
यता, आयोजना प्रभावित स्थानीयले पनि अब प्रतिकित्ता २०० रुपैयाँमा आइपीओ किन्न सक्नेछन् । यसअघि स्थानीयलाई ३०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्ता आइपीओ जारी गर्दा २ लाख २४० कित्ता मात्र बिकेको थियो ।
उक्त समयमा  बाँडफाँटमा परेका स्थानीयलाई कम्पनीले हालको मूल्य बमोजिम कुल १ लाख १२० कित्ता सेयर थप गरिदिएको छ । यसरी थप गर्दा बाँकी रहने ५ लाख ७९ हजार ६४० कित्ता सेयरमा स्थानीयले प्रकिकित्ता २०० रुपैयाँको दरले पुनः थप वा नयाँ आवेदन दिन सक्ने सक्नेछन् ।

स्थानीयले पनि फागुन ६ सोमबारदेखि ९ गतेसम्म आवेदन दिन पाउनेछन् । सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतम ४४ लाख कित्तासम्म र स्थानीय बासिन्दाले न्यूनतम ५० देखि अधिकतम ५ लाख ७९ हजार ६४० कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वाबाट आवेदन दिन पाइनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार पनि ओरालो लाग्यो शेयरबजार

काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस