नबिल बैंकले १०% संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने, फागुन २७ मा एजीएम

काठमाडौं । नबिल बैंकले १०% संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको छ । बैंकले साविकको एनआइडीसी डेभलपमेन्ट बैंकले लिलामीमा बिक्री गरेको १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने एजेन्डा ३४ औं वार्षिक साधारण सभामा पेश गर्ने भएको छ । प्रस्ताव पारित गर्न बैंकले फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

नेप्सेमा आइतबार नबिलको सर्वसाधारण समूहको अन्तिम कारोबार प्रतिकित्ता ८०७ रुपैयाँ र संस्थापक सेयर ७२४ रुपैयाँमा भएको छ । यस आधारमा आइतबारको भाउ अनुसार सर्वसाधारण समूहको सेयर र संस्थापक समूहको सेयर मूल्य बीच ८३ रुपैयाँको फरक रहेको देखिन्छ ।

यस्तै, नबिलले २२% नगद र १२% बोनस सेयर गरी कुल ३४% लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । साथै, बैकको आर्थिक वर्ष २०७४÷७५ को नाफा नोक्सान हिसाब स्वीकृत गर्ने, सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको वित्तीय विवरणसहित एकीकृत वित्तीय पारित गर्ने, लेखा परिक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्तावहरु रहनेछन् ।
साधारण सभा फागुन २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमालादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । फागुन १४ गते बुक क्लोज गर्ने भएको छ । फागुन १३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित ३४% लाभांश पाउनेछन् । हाल यसको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ ।
प्रस्तावित १२% बोनस सयेर वितरणपछि चुक्ता पुँजी ९ अर्व ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिलले २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५७ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस