बोलेरो र ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु

चितवन । जिप र ट्रकको ठक्करबाट चितवनमा अटो रिक्सा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ घर भई भरतपुर महानगरपालिको क्यान्सर अस्पताल नजिकै बस्दै आएका का ४३ वर्षीय रोहित राना रहेको प्रहरीले जनाएको छ।

शनिबार राति करिब साढे ७ बजे भरतपुर–१२ मा पर्ने बाइपास सडकखण्डको साझा पेट्रोल पम्पअगाडि ट्रक र बोलेरोसँग अटो रिक्सा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो दुर्घटनाबाट गम्भीर घाइते भएका रानाको भरतपुर अस्पतालमा उपचारका क्रममा राति ७ः४० बजे मृत्यु भएको थियो।

आँपटारीबाट बसपार्कतर्फ गइरहेको ना १ ह ६६९५ नम्बरको अटो रिक्सा बिपरीत दिशाबाट आएको गरेको ना ४ च ३५१४ नम्बरको जिपसँग ठोक्किएको थियो। जिपसँग ठोक्किएको अटो रिक्सा फर्किँदा बसपार्कतर्फ गइरहेको ना ६ ख २१८९ नम्बको ट्रकसँग पुनः ठोक्किएको प्रहरीले जनाएको छ। ट्रक र बोलेरो दुवैको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री