सरुवारोगबाट बच्ने उपाय

काठमाडाैँ । सरुवारोगबाट बच्ने उपाय यस्ता छन् ।

  • टाइफाइड, जन्डिस, झाडापखालाजस्ता रोग लाग्नबाट बच्न दूषित पानी र फोहोर खानपान नगर्ने ।

  • साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने गर्नुपर्छ ।

  • सधैँ उमालेको शुद्ध पानी मात्र पिउने गर्नुपर्छ । बासी खानेकुरा खानु हुँदैन ।

  • घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने बानी बसाल्नुपर्छ ।

  • बाटोछेउमा अव्यवस्थित रूपमा बनाइएका खाना खानुहुँदैन ।

  • फोहोर र झिँगा भन्केका खानेकुरा खानाले चाँडै रोगको संक्रमण गराउँछ ।

  • काँचो मासु र राम्ररी नपाकेको खानेकुरा खान हुँदैन ।

  • फलफूललाई सफा पानीले धोएर मात्र खाने गर्नुपर्छ ।

  • खानेकुरालाई राम्ररी छोपेर राख्नुपर्छ ।

  • सकेसम्म ताजा खाना खाने बानी बसाल्नुपर्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री