लुम्बिनीको १ लाख ९७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार ५९६.४४ कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार (फाल्गुन ३ गते) अन्तिम दिन हो । लुम्बिनीले माघ २७ गतेदेखि पाँचौं पटक सेयर लिलामीमा खुला गरेको हो । यसअघि ४ पटकसम्म खुला गर्दा पनि पर्याप्त आवेदक परेको थिएन । यसमा सर्वसाधारणले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले गत वर्षको माघमा २० लाख ८ हजार ८७८.४७ कित्ता (१०%) हकप्रद सेयर निष्कासन गरेको थियो । त्यतिबेला बिक्री नभएको बाँकी सेयर झन्डै १ वर्ष हुँदा पनि लिलामी प्रक्रियाबाट बेचेर सकिएको छैन । लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सक्नेछन् । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ५२ लाख ७२ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २३ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७ पैसा (वार्षिक) रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३४ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस