कञ्चनपुर । प्रहरीले कञ्चनपुरबाट पुनः पाँच किलो सुन बरामद गरेको छ। गएराति शुक्लाफाँटा नगरपालिकाका लक्ष्मण तिरुवाको घरबाट पाँच किलो सुन बरामद भएको हो।
सुनसहित तिरुवालाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कठायतले जानकारी दिए। यसअघि प्रहरीले बिहीबार बिहान पुनर्वास नगरपालिका २ दशरथ बस्तीबाट १८ किलो बरामद गरेको थियो।
तपाईंको प्रतिकृया



