प्रेस युनियन र आइएलओबीच छलफल

काठमाडौं। नेपाल प्रेस युनियन र अन्तर्राष्ट्रीय श्रम संगठन (आईएलओ) प्रतिनिधिबीच आप्रवासन नेपाली कामदारका चुनौती समाधान सम्बन्धमा छलफल भएको छ ।

युनियन केन्द्रीय कार्यालयमा आज आईएलओका प्रतिनिधि र युनियन पदाधिकारीबीच छलफल भएको थियो । सो अवसरमा आईएलओ जेनेभाकी प्राविधिक अधिकृत लू टेसिएरले नेपालमा बैदेशिक रोजागारका क्षेत्रमा देखिएका समस्या सामाधानका लागि सहजीकरण गर्न एक शैक्षिक सामग्रीको आवश्यकता रहेको बताइन ।

साथै उनले यस्ता समस्या सामाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सन्तुलित र खोजी समाचार प्रोत्साहनमा युनियनको भूमिकाको आवश्यकता रहेको विचार व्यक्त गरिन ।

आईएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक नेहा चौधरीले बैदेशिक रोजागारका क्षेत्रमा देखिएका समस्याको सन्तुलित सामाधानमा सहयोग पुग्ने गरी आफ्नो संस्थाले एक शैक्षिक सामग्री तयार गर्ने बताइन ।

यसैबीच युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपालमा देखिएको आप्रवासी कामदारका समास्या उजागर गर्न सञ्चारकर्मीको भूमिका महत्वपूण रहेको बताए । साथै उनले श्रमजिवी पत्रकारको हकहितमा काम गर्दै आएको आफ्नो संस्था यस विषयमा आईएलओसँग मिलेर काम गर्न इच्छुक रहेको धारणा व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले आप्रवासी नेपाली कामदारका विद्यमान समस्या सरोकारवाला समक्ष पुर्याउन र सञ्चारमाध्यमले ग्रामिण क्षेत्रसम्म सचेतना फैलाउन यथार्थ सूचना प्रवाह गर्ने भएकाले सञ्चारकर्मीको क्षमता अभिवृद्धि पनि आवश्यक रहेको  बताए ।

कार्यक्रममा युनियन उपमहासचिव भीष्मराज ओझा र केन्द्रीय सदस्य कल्पना शर्माले युनियनले मुलुकभर गर्दै आएका काम कारवाहीका बारेमा प्रकाश पार्दै युनियनले श्रमजिवीका हकहितमा कहिल्यै सम्झौता नगर्ने धारणा व्यक्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री