नेपाल इन्फ्राष्ट्रक्चर बैंकलाई वित्तीय कारोबारको अनुमति

काठमाडाैं । नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानीमा बैंकको स्थापना भएको हो।

राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मिति २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको हो। ४० अर्ब अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्व चुक्ता पूँजी रहेको बैंकले सार्वजनीक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, उर्जा, पर्यटन, क्भ्श्, आधुनीक शहरी पूर्वाधार, सूचना प्रविधी लगायत) विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।

नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको बैंकको मुख्य कार्यक्षेत्र अन्र्तगत राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरीक र वाह्य स्रोत जुटाउने छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस