‘प्रेमिका’सँग सहमतिमै यौनसम्बन्ध गर्दा पनि ८ वर्ष जेल

काठमाडाैं । प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेका आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई आठ वर्ष कैद सजाय सुनाएको छ । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ ।

युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा नितु घलेले लेखेकी छन् । अदालतले पनि उनीहरू कानुनबारे जानकार नभएको अनुमान गरेको छ। वागमती-४ स्याउलेका दीपेन्द्र लामालाई अदालतले जेल ताेकेकाे हाे ।

कानुनी अज्ञानतावश त्यस्ताे भएकाे हुन सक्ने निष्कर्षमा अदालत पुगेकाे छ । जिल्ला न्यायाधीश डा रमेशप्रसाद रिजालकाे इजलासले १४ वर्ष मुनिका किशाेरीसँग सहमतिमै याैनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप