हिमपहिरोमा ६ प्रहरीसहित १० बेपत्ता

काठमाडाैँ । भारतको जम्मू कश्मीर राज्यमा गएको हिमपहिरोमा परि ६ प्रहरीसहित १० जना बेपत्ता भएका छन्।  जम्मू काश्मीरको कुलगामको  श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरीसहित १० बेपत्ता भएको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ। हिमपहिरोमा २० जना पुरिए पनि १० जनालाई सुरक्षित रुपमा उद्धार गरिएको छ।

बेपत्ता भएका १० जनामा ६ जना प्रहरी, दुई जना अग्नि नियन्त्रक र दुई जना स्थानीय नागरिक रहेका छन्।  बुधबारदेखि नै  कश्मीर घाटीमा भारी हिमपात भएको हो। पछिल्लो २४ घण्टामा कुलगाममा सबैभन्दा बढी हिउँ परेको थियो। कुलगामको केही भागमा पाँच फीटसम्म हिउँ परेको थियो।  जम्मू कश्मीरका २२ जिल्लामध्ये १६ जिल्लाका विभिन्न ठाउँमा हिमपहिरो जान सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस