एनसीसी बैंकको खुद नाफा १ अर्ब ३२ करोड

काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा ६२ करोड रुपैयाँ बढाएको छ । ४ वटा विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको खुदनाफा बढेर १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि २८ रुपैयाँ ३४ पैसा पुगेको छ ।

बैंकले शनिबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा ४.८ प्रतिशत रहेको छ । चालु आवको पहिलो त्रैमाशमा खराव कर्जा असुली बढाउने र असल कर्जामा रुपान्तरण गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ । बैंकको लागत ५.९ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको निक्षेप झण्डै दोब्बर बढेर ५८ अर्ब ७९ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको निक्षेप ३० अर्ब ३६ करोड ३५ लाख रुपैयाँ थियो ।गत आवमा कर्जा लगानी बढेर ४८ अर्ब १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कर्जा लगानी २४ अर्ब ८९ करोड ११ लाख रुपैयाँ थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री