काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका नयाँ तीन शाखा कार्यालयहरु एकैसाथ बुधवार उद्घाटन भएका छन् । नेपालगञ्ज, घोराही र बुटवलमा प्रभु लाइफ इन्स्योरेन्सको शाखा विस्तार भएका हुन् । ती तीनवटै शाखा कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरे गरेका हुन् ।
अध्यक्ष घिमिरेले शाखा विस्तारको क्रममा रहेको साथै जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको भन्दै पश्चिम नेपालमा शाखा विस्तार गर्दै धारणा राखे ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाई र श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख हरिशरण चौलागाईकोे उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले जीवन बीमालाई गाँउसम्म पुर्याउने उद्ेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा कम्पनीमा अग्रणी स्थानमा रहेकाे वताए । दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् ।



