काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले बुधबार (माघ २३ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक खातामा पैसा फिर्ता गरिने कम्पनीले जानकारी गराएको छ ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइनेछ ।
यस कम्पनीले गत पुस ११ गतेदेखि माघ १० गतेसम्म संस्थापक समूहको ५ लाख ५७ हजार ७७४ र सर्वसाधारण समुहको २ लाख ४७ हजार ३०९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
तपाईंको प्रतिकृया




