हुप्सेकोटका ग्रामीण सडक स्तरोन्नति गरिँदै

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा यो वर्ष ७ किलोमिटर भन्दा बढी सडक कालोपत्र गरिँदै छ । यस्तै ८ किलोमिटर सडकमा कालोपत्रका लागि पूर्वाधार निर्माण गरिने भएको छ ।

गाउँपालिकाको ७० प्रतिशत लगानी र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानीमा यहाँका सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले बताए । केही सडकमा भने ६०/४० अवधारणामा पनि काम गरिएको उनको भनाइ छ । यो वर्ष कम्तीमा पाँचओटा सडकको कालोपत्र गरिने र थप पाँच सडकमा कालोपत्रको पूर्वाधार निर्माण गरिने जानकारी उनले दिए ।

गाउँपालिकाका जुकेपानी, बेलुवा, गिरुबारी, चौरंगी, कोलिया, शंखदेव लगायत क्षेत्रका कालोपत्र र कालोपत्रका लागि पूर्वाधार निर्माण शुरू गरिएको छ । गाउँपालिकाको ३ करोड ४६ लाख र स्थानीयको २ करोड ८ लाखबराबरको श्रमदान गरी रू. ५ करोड ५४ लाख लागतमा सडक स्तरोन्नति गर्न लागिएको गाउँपालिकाका इन्जिनीयर विनोद अर्यालले बताए ।

चालू आवमा वडा नं ३ को बेलुवा–गिरुबारी सडक, अक्कल सिंह सोतीको घरदेखि रजाली टोल हुँदै चौरंगी बुद्धचोकसम्म, वडा नं २ को कोलिया खण्ड–हात्तीगौंडा सडक, वडा नं ४ मा गाउँपालिका कार्यालय जाने सडक र जनकल्याण विद्यालयदेखि वडा नं ४ जाने सडक कालोपत्र हुने र अन्य पाँच वडा सडकको पूर्वाधार तयार पारिने प्रमुख प्रशासकीय अधिकृत पंगेनीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस