काठमाडौं । जनता बैंकको म्याग्नेटिभ स्ट्राइप डेबिट कार्ड फागुन १७ देखि नचल्ने भएको छ । सुरक्षित सेवाको कारण देखाउँदै त्यस्ता कार्ड बैंकले बन्द गर्ने भएको छ । बैंकले उत्कृष्ट र सुरक्षित सेवा प्रदान गर्न चिप प्रविधिमा आधारित चिप कार्ड प्रयोगमा ल्याएको छ । चिप प्रविधिमा आधारित डेबिट कार्ड सहुलियत दरमा लिन बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस