युनिभर्सल पावर कम्पनीले साधारण सेयर निष्कासन गर्दै

काठमाडौं । युनिभर्सल पावर कम्पनीले  माघ २५ गतेबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

स्थानीयको सेयर निष्कासनपछि दोस्रो चरणमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित ९३ लाख २७ हजा ४ सय १० (आयोजना प्रभावित स्थानीयले खरिद नगरेको १७ लाख ६६ हजार १ सय ५० कित्तासहित) कित्ता सेयर बिक्री खुलाउन लागिएको कम्पनीले जनाएको छ ।

निष्कासन हुने कुल सेयरमध्ये १ लाख ८६ हजा ५ सय ४८ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । ४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

लगानीकर्ताले न्युनतम ५० देखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीले यसअघि गत पुस १५ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि सेयर बिक्री खुला गरेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नारायणी नदीपारि सुस्तामा झोलुंगे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारणलाइनको बिजुली

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् …

प्रतिकृया दिनुहॊस