दोर्दीखोलाको ८० प्रतिशत निर्माण पूरा

काठमाडौं । लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना ८० प्रतिशत पूरा भएको छ । दोर्दी खोलामा निर्माणाधीन आयोजनाको बाँध, सुरुङ र विद्युतगृहको प्रगति एकसाथ भइरहेको हो । बाँध क्षेत्रमा अब आयोजनाको २७ सय ७० मिटर लामो मूल्य सुरुङको काम अन्तिम चरणमा पुगेको छ । अब  सुरुङ छेडिन  ५ सय मिटर बाँकी रहेको  हिमालयन पावर पार्टनर कम्पनीका कार्यकारी निर्देशक गुरूप्रसाद ढकालले बताएका  छन्। आगामी चैतभित्र सुरुङ पूरा गर्ने लक्ष्य छ । आयोजनाको मुख्य सुरुङ निर्माणमा भौगोलिक जटिलताका कारण समस्या देखिएपछि कम्पनीले ठेकेदार परिवर्तन गरिएको थियो ।

अहिले मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले सुरुङ निर्माण गरिरहेको छ । यसअघि इको इन्फ्रा व्युल्डर्सलाई सुरुङ निर्माणको ठेक्का दिइएको थियो । आयोजनामा २ हजार ६ सय मिटर पाइप लाइन गरी डिजाइन गरिएको छ । विद्युतगृहको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । विद्युतगृहको संरचना निर्माणको काम पूरा गरेर आगामी चैतबाट इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट २०७६ भदौबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

उत्पादन हुने विद्युत प्राधिकरणको उदिपुर सबस्टेसनमा लगेर जोडिनेछ । आयोजना अन्तिम चरणमा पुगे पनि प्राधिकरणले सबस्टेसनको संरचना निर्माणको काम सुरु गरिनसकेकाले विद्युत खेर जाने चिन्दा बढेको छ ।

४ अर्ब २३ करोड रुपैयाँ अनुमानित लागतमा आयोजना पूरा गर्ने लक्ष्य छ । आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाइमा ८ बैंकले ३ अर्ब १७ करोड रुपैयाँ लगानी गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नारायणी नदीपारि सुस्तामा झोलुंगे पुलबाट पुर्‍याइयो राष्ट्रिय प्रसारणलाइनको बिजुली

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds