सिभिल बैंकको “सम्मान बचत खाता” योजना

काठमाडौं । सिभिल बैंकले नयाँबचत खाता योजना “सम्मान बचत खाता” ल्याएको छ । यस बचत खातामा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा निःशुल्क गराउने साथै, अस्पताल भर्ना भई लागेको १ लाख रुपैयाँसम्मको औषधोपचार खर्चको बीमा पनि निःशुल्क रुपमै उपलब्ध गराउने भएको छ ।

न्यूनतम मौज्दात शुन्य रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क चेक बुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिटेन्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निःशुल्क एबीबीएस सुविधा रहेकोे  छ ।

हाल सालै जारी गरीएको श्रम ऐन अनुसार प्रत्येक संघ-संस्थाले आफ्नो श्रमिक/कर्मचारीहरुलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा तथा औषधोपचार खर्चको लागी १ लाख रुपैयाँसम्मको बीमा गराउनुपर्ने नियम रहेको छ ।

तर यस योजना अन्तर्गत बैंकले नै आफ्नै खर्चमा बीमा गराइदिने भएको तथा बीमाका सुविधाहरु प्राप्त गर्न आफ्नो बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

काठमाडाै । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ …

प्रतिकृया दिनुहॊस