अमेरिकाले गर्‍यो नेपालको विकासका लागि ५० करोड डलर स्वीकृत

अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) को सञ्‍चालक समितिले ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ। एमसीसीको यो  दक्षिण एसियामै पहिलो कम्प्याक्ट कार्यक्रम हो। एमसीसीको लगानीलाई सहयोग गर्न नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अमेरिकी कंग्रेसद्वारा समीक्षा हुन बाँकी कम्प्याक्ट कार्यक्रममा दुवै सरकारले सेप्टेम्बरमा हस्ताक्षर गर्ने अमेरिकी दूतावासले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप