सेयरमार्जिन कारोबारको बाटो खुल्योः ब्याजदरको निर्धारण ब्रोकर र ग्राहकले गर्ने

काठमाडाैँ । नेपाल धितोपत्र वोर्डले ब्रोकर कार्यालयहरुले मार्जिन मूल्यमा शेयरको कारोबार गर्नका लागि ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धि व्यवस्था गरेको छ । बोर्डले व्यवस्था गरेअनुसार कुनैपनि ब्रोकर कम्पनीले मार्जिन कारोबार गराउनु अघि बोर्ड र नेप्सेलाई जानकारी गराउनु पर्ने छ । ऋणमा निर्धारण गरिने ब्याजदर ब्रोकरहरुले आफै व्यवस्था गर्न सक्ने छन् । तर त्यसको प्रतक्ष अनुगमन भने बोर्ड आफै गर्ने छ । बोर्डले ब्याजदर निर्धारणमा दलाल र ग्राहकबिचमा हुने सम्झौता अनुसार ब्याजदर निर्धारण गर्ने छ ।

यस्तो छ वोर्डले मार्जिन कारोबारका लागि गरेको व्यवस्था

धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने मार्जिन कारोवार सुविधा सम्बन्धी व्यवस्था धितोपत्र नियमन निकायको दायराभित्र पर्ने परिप्रेक्ष्यमा धितोपत्र दलालले मार्जिन कारोवार सुविधा अन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा धितोपत्र दलाल र ग्राहकबीच हुने सम्झौतामा उल्लेख भए बमोजिम हुने व्यवस्था गर्ने ।

धितोपत्र दलालले मार्जिन कारोवार सुविधा उपलब्ध गराए वापत ग्राहकसँग लिने व्याजको दरबारे बोर्ड र नेप्सेलाई पूर्व जानकारी गराउने व्यवस्था गर्ने ।

धितोपत्रको मार्जिन कारोवार सुविधाका विविध पक्षहरु बारे सुसूचित नभई लगानी गरेमा मार्जिन कारोवार जोखिमपूर्ण हुने हुँदा यो सुविधा लागू गर्नुअघि यस सम्बन्धमा लगानीकर्ताहरुलाई पर्याप्त जानकारी दिन नेप्सेले सचेतनामूलक कार्यक्रम संचालन गर्ने साथै धितोपत्र दलाल व्यवसायीमार्फत समेत सचेतनामूलक कार्यक्रम संचालन गर्ने गराउने व्यवस्था मिलाउने ।

मार्जिन कारोवार सुविधाको कार्यान्वयनलाई स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी बनाउन मार्जिन कारोवारको सुपरीवेक्षण व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन अति आवश्यक रहेकोले धितोपत्र बजारको अग्रपंक्तिको नियमन निकायको रुपमा रहेको नेप्सेले मार्जिन कारोवारको नियमित र सघन रुपमा सुपरीवेक्षण/अनुगमन  गर्ने ।

मार्जिन कारोवार सुविधाका विषयमा नेप्सेले ब्रोकर व्यवसायीमार्फत सचेतानमुलक कार्यक्रम गर्न पनि निर्देशन दिएको छ ।  गभर्नर डा. चिरंजीवि नेपालले ब्याजदरमा राष्ट्र बैंकले कुनै हस्तक्षेप नगर्ने बताएपछि बोर्डले ब्याजदरलाई बजारमै छाडेर मार्जिन कारोबार सम्बन्धि बाटो खुल्ला गरेको हो । तर वोर्डले ब्याजदरका विषयमा अस्वभाविक स्थिति आएमा हस्तक्षेप गर्न सक्ने बताएको छ । मार्जिन कारोबार सुरु भएपछि लगानीकर्ता सेयरकर्जा लिन बैंक सम्म जानुपर्ने बाध्यता रहदैन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस