काठमाडौं । धेर चिनी र कम पोषक तत्त्वका कारण मानिसहरूले प्याकेटका जुस पिउन छोडेका छन् । बालबालिकालाई त झन् जुस पिलाउनै नहुने भएको छ । एक नयाँ अध्ययनमा यससम्बन्धी चिन्ताजनक खुलासा भएको छ ।
कन्ज्युमर रिपोर्ट्सले जारी गरेको अध्ययनअनुसार, ४५ ब्रान्डका जुस परक्षण गर्दा क्याडमियम, आर्सेनिक, मर्करी र लेडको मात्रा पाइयो । तीमध्ये आधी उत्पादनमा धातुको मात्रा चिन्ताजनक थियो भने सातवटा उत्पादनमा धेर
धातु भएकाले बालबालिकाले दिनको आधी कप जुस मात्र पिउँदा पनि स्वास्थ्यमा हानि पुग्छ । कन्ज्युमर रिपोर्ट्सका प्रमुख वैज्ञानिक अधिकारी जेम्स डिकरसनले भने, ‘हामीले गरेको परीक्षणमा जुसमा खतरनाक तत्त्व भेटिए । वयस्क र बालबालिका दुवैले प्याकेटको जुस छोडेर ताजा फलको जुस पिउन थाल्नुपर्छ ।’
अर्ग्यानिक जुस वा बच्चाका लागि बनाइएको जुस पनि सुरक्षित छैन । कुनै पनि जुस प्रोडक्टले राम्रो प्रदर्शन गरेनन् । रिपोर्टअनुसार, अंगुरको जुस र मिक्स जुसमा भारी धातुको मात्रा अत्यधिक छ । विगत केही वर्षयता अमेरिकामा जुस सेवन ह्वात्तै घटेको छ । जुसमा अत्यधिक चिनी हुन्छ र ताजा फलमा पाइने लाभदायक फाइबर पनि यसमा हुँदैन । – एजेन्सी
प्रतिकृया दिनुहॊस