आशा लघुवित्तको अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न

काठमाडाैँ । आशा लघुवित्त वित्तीय संस्थाले माघ १३ र १४ गते अर्धवार्षिक समिक्षा  गोष्ठि कोहलपुरमा सम्पन्न गरेको छ । संस्थाले प्रदेश ५, ६ र ७ मा सञ्चालित १८ वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुको सहभागीतामा दुई दिने समीक्षा गोष्ठि आयोजना गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले गोष्ठिको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै, गोष्ठिको उद्देश्यबारे प्रकाश पार्दै संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई मजबूत बनाउँदै कर्जाको गुणात्मक वृद्धितर्फ उन्मुख हुनुपर्ने अवस्था आएकोले यसतर्फ विशेष ध्यान पु¥याउन शाखा प्रबन्धकहरुलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा शाखा प्रबन्धकहरुले आ–आफ्ना शाखाहरुबाट चालू आर्थिक वर्षको ६ महिनामा भएका उपलब्धीहरुको समीक्षा गरेका थिए । कार्यक्रममा शाखा प्रबन्धकहरुले संस्थाको व्यवसाय विस्तार, खराब कर्जा न्यूनिकरण तथा संस्थाको व्यवसायिक दायरालाई फराकिलो पार्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा छलफल गरेका थिए ।

हालसम्म संस्थाले २८ वटा जिल्लाहरुमा ४५ शाखा कार्यालय मार्फत करीब ३९ हजार सदस्यहरुलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब  १ अर्ब ५० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३४ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री