नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको भलुहीमा

काठमाडाैँ । नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले नयाँ शाखा विस्तार गरेको छ बैंकले रुपन्देही जिल्लाको देवदह नगरपालीका वडा नं. ९ स्थित भलुही बजारमा १९औ शाखा स्थापना गरी शुभारम्भ गरेको छ । शाखाको उद्घाटन देवदह नगरपालीकाका नगर प्रमुख हिरा बहादुर खत्रीले गरे ।

नगर प्रमुख खत्रीले कार्यक्रममा बोल्दै, आर्थिक सम्बृद्घि नै आजको राष्ट्रिय आवश्यकता भएको र यसका निम्ती बैंक तथा वित्तीय संस्थाहरुको महत्वपुर्ण भुमिका रहने औल्याउदै भलुहीमा खुलेको नयाँ शाखा यस क्षेत्रका उद्यमसिल व्यवसायी तथा युवाहरुको सम्बृद्घिको यात्रामा सहयोगि सिद्घ रहोस् भन्ने शुभकामना दिए ।

साथै बैंकका अध्यक्षले बैंकले निक्षेपमा उच्चतम र कर्जा लगानीमा न्यूनतम व्यादर लागू गर्नेे, कृषि, उर्जा, स्वरोगार एवं साना तथा घरेलु उद्योग जस्ता मौलिक क्षेत्रहरुलाई लगानीमा प्राथमिकता दिने बैंकको मुख्य विशेषता रहेको जानकारी दिंदै यसवाट फाईदा लिन भलुही निवासीहरुलाई अपिल गरे ।

साथै रुपन्देही जिल्लाका सैनामैना–६, रामापुर, तिलोत्तमा–१५, मधौलिया र वुटवल–८, सुख्खानगरमा थप नयाँ शाखाहरु सिघ्र संचालनको क्रममा रहेको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप