डिशहोमले दिने भयो सबैभन्दा सस्तोमा सेवा, प्रतिमहिना २५० देखि ४०० रुपैयाँ मात्र

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै मासिक शुल्क सबैभन्दा कम मूल्यमा आफ्नो सेवाहरु दिन शुरु गरेको छ । डिशहोमले बजारकै सबैभन्दा कम मूल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ ।

डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमानै सबै भन्दा सस्तो मूल्यको मासिक मूल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ ।

जस अन्तर्गत बाबा आमा, गृहिणी र वच्चाहरुका लगी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २५०, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० प्रति महिना उपलब्ध गराएको छ ।

त्यसैगरी, सम्पुर्ण  एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एचडी प्याकेज ३५० र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एचडी प्याकेज ४०० प्रति महिनामा उपलब्ध गराएको छ ।

यही माघ १० गतेवाट नयाँ एक्टिभेशनमा यो योजना लागू हुनेछ । यो मिति भन्दा अगाडिनै डिशहोम जडान गर्ने ग्राहकहरुले समेत वार्षिक रिचार्ज गरि माथि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच. सेवा प्रदायक डिशहोमले ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिहेको छ । पिक्चर क्वालिटिमा सबैभन्दा गुणस्तरिय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाखभन्दा बढी परिवारहरुले प्रयोग गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री