जनता बैंक र बराक साजन एक्स्चेन्जबीच रेमिट सम्झौता

काठमाडौं । नेपालको जनता बैंक र बेलायतको बराक साजन एक्स्चेन्ज लिमिटेडबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । संयुक्त अधिराज्य बेलायतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याइएको छ ।

बराक साजन एक्स्चेन्ज लिमिटेड ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीको रुपमा आबद्ध भएको बराक बैंक लिमिटेड, बंगलादेशको भगिनि संस्था हो ।

भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका समुदायमा एक्स्चेन्ज सेवा पुर्याउदै आएको बराक साजन एक्स्चेन्ज लिमिटेडले यो संझौतासँगै नेपालमा सेवा प्रारम्भ गर्ने भएको छ ।

बराक साजन एक्स्चेन्ज लिमिटेडले निकट भविष्यमै पोल्याण्ड, इटली, पोर्चुगल र स्पेनमा पनि आफ्नो सेवा विस्तार गर्दैछ । उक्त सेवा पश्चात ति मुलुकमा रहेका नेपालीहरुले समेत जनता रेमिट मार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

उक्त रेमिट सेवाबाट पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२९ शाखाबाट भुक्तानी लिन अथवा जनता बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न सकिनेछ ।

यस अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ ।

जनता बैंकले देश भरीमा १२९ शाखा सञ्जाल, ५० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ८२ एटिएमबाट सरल र सहज र सरल रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री