चिकित्सकहरु आजदेखि रिले अनशनमा, देशभरका अस्पताल बन्द गर्ने चेतावनी

काठमाडाैँ । १९ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघले आज सोमबारदेखि देशभरका स्वास्थ्यसंस्थामा रिले अनशन गर्न चिकित्सकहरूलाई आह्वान गरेको छ ।

१५औँ अनशनका क्रममा सरकारले गरेको सम्झौता कार्यान्वयन र डा केसीका माग पूरा गर्नुको साटो सरकार उल्टो दिशामा हिँडेको भन्दै उनको जीवनरक्षाका लागि चिकित्सकहरू आन्दोलित हुनुपरेको संघले जनाएको छ ।

संघको आह्वानमा आइतबार त्रिवि शिक्षण अस्पतालमा भेला भएका चिकित्सकहरूले केसीका माग तत्काल पूरा गर्न माग गर्दै र्याली निकालेका थिए । संघ र आवासीय चिकित्सकको संयुक्त र्यालीमा चिकित्सकहरूले विभिन्न नाराबाजीसमेत गरेका थिए ।

संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले छिटोभन्दा छिटो डा केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले माग पूरा गर्ने चाहना नदेखाए संघले आन्दोलन कडा बनाउँदै लैजाने उनको भनाइ छ । केसीका माग पूरा नभए देशभरका अस्पताल पूर्ण रूपमा बन्द हुने अवस्था आउन सक्नेसमेत चेतावनी संघले दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस