काठमाडाैँ । मुख्य बिपक्षी दल नेपाली कांग्रेसले कम्युनिष्ट अधिनायकबादबिरुद्ध यहि माघ २१ गते ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्य समितिको आइतबारको बैठकले संसदीय पद्धति बिपरित सरकारले संसदमा बल प्रयोग गरेर बिपक्षीमाथि दमन गरेर बिधेयक पारित गरेकोमा कडा शब्दमा निन्दा गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।
पूर्बबर्ती सरकारले ल्याएको चिकित्सा शिक्षा बिधेयक हुबहु लागू गर्न तथा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै अनशनरत डा. गोबिन्द केसीको जीवनरक्षाका लागि दबाब सिर्जना गर्ने कांग्रेसले निर्णय गरेको छ।
बिपक्षी दलको नेतालाई थाहै संबैधानिक परिषद्को बैठकबाट नर्णिय भएको भन्दै सरकारले बिभिन्न संबैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकोप्रति समेत कांग्रेसले आपत्ति जनाउँदै सो निर्णय बिधिसम्मत ढंगबाट नभएकोले सरकारले फिर्ता लिनुपर्ने माग कांग्रेसले गरेको छ।
यसैगरी, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कापछि भएको हत्याको घटनामा संलग्नहरुलाई पक्राउ गरी कार्बाही गर्न सरकार कत्ति पनि गम्भीर नभएको भन्दै कांग्रेसले दोषीमाथि कडा कार्बाहीको माग गरेको छ।
प्रतिकृया दिनुहॊस