धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु, ३० घाइते

जनकपुर । धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ६ जनाको शव भेटिएकाे प्रहरीले पुष्टि गरेकाे छ । प्रारम्भिक तथ्यांकमा स्थानीयले ९ जनाकाे मृत्यु भएकाे बताएकाे भए पनि प्रहरीले भने अहिलेसम्म छ जनाकाे मात्र शव फेला पारेकाे छ ।

ना ५ ख १७ ५२ नम्बरको लालिमा डिलक्स बसमा  सडकमा बिजुलीको पोलमा जडान भएको ११ हजार भोल्टको तारमा छुँदा करेन्ट लागेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीले भेटाएकाे शवका आधारमा हेरदा ज्यान गुमाउनेमा ३ महिला, १ बालिका र एक बालक छन् भने एकजनाको शरीर डढेकोले पहिचान हुन सकेको छैन ।

घटनामा गम्भीर घाइते भएका २ जनालाई जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । भेटिएका शवलाई पाेष्टमार्टमाका लागि जनकपुर अञ्चल अस्पताल ल्याइँदै गरेकाे  र अझै धेरै हताहति भएकाे हुनसक्ने धनुषा प्रहरीले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री