काठमाडौँ ।फिल्म ‘दालभात तरकारी’को ‘भिजिट भिसामा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेलको नृत्य छ । हरिवंश आर्चायको शब्द रहेको गीतमा श्म्भुजित बाँस्कोटाले संगीत भरेका छन् भने स्वर अन्जु पन्त र निशान भट्टराईको रहेको छ ।
मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्म दाल भात तरकारी लाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । फिल्म वैशाख १३ गते देखि रिलिज हुँदैछ ।
तपाईंको प्रतिकृया




