काठमाडौं । अनलाइनबाट किनमेल र कारोबार गर्न सकिने सेवा प्रदान गर्दै आएको ई-सेवा १० औँ वर्षमा प्रवेश गरेको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने ई-सेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ । दश वर्षको अवधिमा ई-सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । हाल ई-सेवाका देशभर ४५ हजार भन्दा बढि एजेन्ट रहेका छन्।
ई-सेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख पुगिसकेको छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इ इसेवाका सेवा लिइरहेका ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा रकम पठाउन सकिन्छ ।




