प्रतिनिधिसभाको बैठक आज बस्दैः सत्ता र प्रतिपक्षीबीच तनावको संकेत

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाले आज राष्ट्रिय चिकित्सा विधेयक पारित गर्ने तयारी गरेको छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट चिकित्सा विधेयक पारित गर्ने कार्यसूची संसद् सचिवालयले बनाएको हो । सचिवालयले यो बाहेक आजको बैठकका अन्य कार्यसूची तय गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सोमबार र मंगलबारको बैठकमा सभामुख कृष्णबहादुरमहराले विधेयक पारित गर्नेृ प्रक्रिया अघि बढाउन सकेका थिएनन् ।

मंगलबार तीन पटक बैठक राखिए पनि कांग्रेसको अवरोधका सरकारले विधेयक पेश गर्न सकेको थिएन । विधेयकका विषयमा सहमति खोज्न सभामुख महराले पहल जारी राखेका छन् ।

नेकपा र नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेको भए पनि सहमति भने जुट्न सकेको छैन ।

संसदीय समितिबाट आएको विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा नेकपाका सांसद देखिएका छन् भने कांग्रेसका सांसद त्यसमा केही परिमार्जन गर्न माग गर्दै आएका छन् ।

नेकपा र कांग्रेसबीच सहमति जुट्न नसके संसद्मा आज पनि तनाव हुनसक्ने बताइएको छ ।

सत्तारुढ नेकपाका सांसदहरु तत्काल विधेयक पारित गर्नुपर्ने भन्दै जसरी पनि पारित गराइ छाड्ने अभिव्यक्ति दिइरहेका छन् भने कांग्रेसका सांसद विधेयक जस्ताको तस्तैअघि बढाएमा संसद्मा अवरोध सिर्जना गर्ने चेतावनी दिँदै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस